बेष्ट फाइनान्सको २६ औं साधारण सभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आ.ब.२०७८÷०७९ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९÷०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा शेयरधनीले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सभामा उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए ।

संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले स्वागत मन्तव्य तथा मुख्य लगानी कर्ता एन आर एन का उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द) ले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका कम्पनी सचिव राज सुन्दर श्रेष्ठले गरेका थिए ।

footwear zone

हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ सेवा संचालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको छ । वित्तीय संस्थाको आफनो ग्राहकवर्गलाई डिजिटल बेकिङ, सिआस्वा सेवा, अनलाई मार्फत खाता खोल्ने सुविधा लगायत अन्य थप बैकिङ विस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ ।

 

You might also like

Comments are closed.