कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीको उपस्थिति रहेको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. ३,१४,२५,७७,०२१.९३ को ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैंकिङ क्षत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९÷८० को हाल सम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

footwear zone

साधारणसभामा सेयरधनी महानुभावहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिनु हुदै बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत बिनय दाहालले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको भएतापनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएकाले चालु आ.व.मा व्यवसाय वृद्धिको साथै खराव कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्य योजना सहित अगाडि बढ्ने बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारणसभामा सञ्चालक चतुराखर अधिकारीले सेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेका थिए भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्री डण्डपानी भट्टराईले गरेका थिए ।

You might also like

Comments are closed.