कुमारी बैंक र क्वालिटी सोलुसनबीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसन प्रालिले १५ सम्म छूट दिने सम्झौता भएको छ ।

बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरीद गर्दा उक्त छूट पाउने भएका हुन् । ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरीद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

footwear zone

You might also like

Comments are closed.