कामना सेवा र अरोगिन हेल्थ केयर एण्ड रिसर्च बिशालनगरबीच सम्झौता

काठमाडौं ।  कामना सेवा विकास बैंक र अरोगिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाडौं विशालनगर स्थित अरोगिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४/७ नर्सिङ केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५%, ल्याब सेवामा २५% सम्मको आकर्षक छुटहरु प्राप्त गर्नेछन् ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने र यस सम्झौताबाट सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

footwear zone

You might also like

Comments are closed.