काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं नयाँ बानेश्वरस्थित दृश्य लाउन्ज प्रा।लि। बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपश्चात् बैंकका कार्डवाहकले दृश्य लाउन्जमा १५ प्रतिशत सम्मको आकर्षक छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।

बैंकले १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग इकाईबाट करिव १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको बताएको छ ।




Comments are closed.