भृकुटीमण्डपमा जारी जुत्ता चप्पल व्यापार मेलामा ग्राहकको आकर्षण

काठमाडौं । सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भकृटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ । मेलामा अवलोकनकर्ता तथा सेवाग्राहीको आकर्षण देखिएको आयोजक राजेश विशुंखेले बताए ।

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

एउटै छानामुनी ग्राहकले आफ्नो रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा मिलेका ग्राहकहरु लाभान्वित भइरहेको बताउँछन विशुंखे । ‘ग्राहकको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं,’ उनले भने, ‘एउटै छाना मुनी ११ वटा ब्राण्डका जुत्ता चप्पल खरिदको अवसर मिल्नु पनि मेलाको आकर्षण हो ।’

footwear zone

ग्राहकको चाहना अनुसार सस्तोदेखि महंगो मूल्यसम्मका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको बताइएको छ ।

You might also like

Comments are closed.