काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ‘कास्की मोडेल हस्पिटल’को सेवामा विशेष छुट पाउने भएका छन् । भिषा, डेविट कार्ड तथा मोबाइल बैंकिङ सेवामा मुक्तिनाथका ग्राहकले हस्पिटलको सेवामा विशेष छुट पाउने गरी दुई पक्षबीच सम्झौता भएको छ ।
बैंकका ग्राहकले हस्पिटलको सेवामा १० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकका प्रदेश प्रमुख शंकर केसीले जानकारी दिए ।
‘हस्पिटलबाट प्राप्त हुने छुटले बैंकका ग्राहकहरु लाभान्वित हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क पैसा झिक्न सक्ने व्यवस्था गरेको सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।




Comments are closed.