काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लिबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आइतबार गरिएको सो सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लिे तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लिले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका Bed charge, Diagonistic Procedure,Pharmacy and Health package सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।




Comments are closed.