काठमाडौं । काठमाडौंको भकृटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ । सिटिजन फुटवयरद्वारा आयोजित मेलामा अवलोकनकर्ता तथा सेवाग्राहीको आकर्षण देखिएको आयोजकको भनाइ छ ।
मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् । एकै थलोमा करिब दर्जन कम्पनीका जुत्ता चप्पल बिक्रीमा राखिएकाले ग्राहकले आफ्नो रोजाई अनुसारको जुत्ता चप्पल खरिदको अवसर मिल्ने सिटिजन फुटवयरले जनाएको छ ।
एउटै छानामुनी ग्राहकले आफ्नो रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा मिलेका ग्राहकहरु लाभान्वित भइरहेको बताउँछन् आयोजक राजेश विशुंखे । ‘ग्राहकको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं,’ उनले भने ।

ग्राहकको चाहना अनुसार सस्तोदेखि महंगो मूल्यसम्मका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको उनले बताए ।





Comments are closed.