मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘अरोगिन हेल्थ केयर’ मा विशेष छुट

काठमाडाैं। मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिने भएको छ ।बैकले काठमाडौंको विशालनगरमा स्थित ‘अरोगिन हेल्थ केयर प्रा. लि ‘ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले काठमाडौंको विशालनगरमा स्थित ‘अरोगिन हेल्थ केयर प्रा. लि’ मा वभिन्न सेवा सुविधाहरु ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

footwear zone

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकका एटिम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेट्योक मा आवद्ध सुकै बैंकको एटिम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले पेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ बचत सेवा, कर्जा सेवार्को घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दीए । ।

You might also like

Comments are closed.