बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं ।  नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौं ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।

You might also like

Comments are closed.