डेढ करोड लागतमा सूर्य नेपालले पोखरामा अन्तर्राष्ट्रियस्तरको सौचालय निर्माण गर्दै

पोखरा । सूर्य नेपाल प्रालिले पोखराको लेकसाइडस्थित बाराही चोकमा आधुनिक सौचालय निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिकाको संयोजकत्वमा निर्माण हुने सौचालयका लागि प्रालिले डेढ करोड रुपैयाँ सहयोग गर्नेछ । यो अनुमानित लागत भएको प्रालिले जनाएको छ ।

बिहीबार एक कार्यक्रमबीच सौचालयको शिलान्यास भएको छ । प्रालिले सामाजिक उत्तरदायित्व बहन गर्दै पोखरामा सौचालय निर्माण गर्र्न लागेको हो । पर्यटकीय नगरी पोखरालाई सुन्दर तथा सफा राख्न सार्वजनिक सौचालयको आवश्यकता महसुस गरी सहयोग गरिएको प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले जानकारी दिए । प्रालिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सौचालय पोखरामा बनाउने छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सौचालयको शिलान्यास गरेका हुन् ।

footwear zone

सौचालयको निर्माण र सञ्चालन एरोसन प्रालिले गर्नेछ । पोखराको फेवाताल किनारमा रहेको बाराही चोकमा सुविधा सम्पन्न सौचालय निर्माण भएसँगै पोखरा आउने पर्यटक तथा सर्वसाधरणहरु लाभान्वित हुने विश्वास गरिएको सूर्य नोपलका वाणिज्य प्रमुख गौतम यादवले जानकारी दिए ।

You might also like

Comments are closed.