काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालले लायन वर्ष २०२२/२३ मा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको डिष्ट्रिक्टले दावी गरेको छ । डिष्ट्रिक्ट गभर्नर राम बसेलका अनुसार आफ्नो कार्यकाल सकिने करिब एक महिनामात्रै बाँकी रहँदा सामाजिक क्षेत्रमा धेरै काम गर्न सफल भएको बताए ।
डिष्ट्रिक्ट अन्तर्गत २१ वटा नयाँ क्लब स्थापना भएको छ । सदस्यता बृद्धि ४५३ रहेको उनले बताए । ४५ जनाले एमजेएफ प्रदान गरेका छन् भने क्याम्पियन १०० डलर अन्तर्गतमा ४२ जनाले योगदान गरेको गभर्नर बसेलले जानकारी दिए ।
१० हजार डलरको इमजेन्सी ग्रान्ट (अनुदान), हंगर रिलिफ अन्तर्गत एक लाख डलरको प्रोजक्ट डिष्ट्रिक्टले लायन्स इन्टरनेशनलबाट नेपाल ल्याउन सफल भएको छ । त्यस्तै, म्याचिङ ग्रान्ट अन्तर्गत ९२ हजार डलर र एक लाख डलरको २ वटा प्रोजक्ट पनि डिष्ट्रिक्टले नेपाल ल्याउन सफल भएको छ ।

‘माइ क्लब पर्मानेट क्लब’ थि अन्तर्गत ३३ वटा क्लबमा पर्मानेन्ट मेम्बर बनिसकेको र थप ३० वटा क्लब सो प्रक्रिया रहेको बताइएको छ । डिष्ट्रिक्ट अन्तर्गतबाट ३ हजार १ सय ७५ वटा सर्भिस प्रोजक्टका काम भएका छन् । १० हजार प्रिन्ट रगत संकलन भएको गभर्नर बसेलले जानकारी दिए ।
‘सामाजिक क्षेत्रमा हाम्रो डिष्ट्रिक्टको काम उत्कृष्ट भएका छन्,’ गभर्नर बसेलले भने, ‘संसारकै उत्कृष्ट डिष्ट्रिक्टको पहिचान बनाउन सफल भएका छौं ।’ डिष्ट्रिक्ट अन्तर्गतका लायन्स लिडर तथा क्लबहरुको सक्रियता र योगदानका कारण आफू सफल भएको बसेल बताउँछन् ।




Comments are closed.