काठमाडौं । बागमती र विष्णुमती किनारामा अनधिकृत रुपमा बसेका बस्ती सरकारले हटाउने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले बागमती र विष्णुमती किनारमा अनाधिकृत रुपमा बसेका बस्ती हटाएर बैकल्पिक व्यवस्था मिलाउन बजेट बिनियोजन गरेको घोषणा गरेका छन् ।
बजेटमार्फत महतले बागमती र विष्णुमती नदीको संरक्षण गर्ने र सफा बनाउने तथा जलाधार क्षेत्रको संरक्षण गर्ने घोषणा गरेका छन् ।

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा ड्याम बनाएर हिउदमा समेत बागमतीमा पानीको बहाव कायम राख्ने उनले बताए ।




Comments are closed.