बजेटले आत्मनिर्भरता र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ : देशबन्धु वस्नेत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्तेन (अजित)ले सरकारले ल्याएको बजेट सग्रमा राम्रो भएको बताएका छन् । सरकारको बजेट वक्तव्यमा समावेश भएका धेरैजसो कार्यक्रमहरु देशलाई आत्मनिर्भर बनाई विदेशी मुद्रा आर्जन गर्नका केन्द्रित रहेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान सबै सरोकारवालाहरु एक भएर अघि बढ्नुपर्ने बताए ।

‘विश्वव्यापी रुपमा अर्थतन्त्र संकुचनमा गएको र त्यसको असर नेपालमा पनि गहिरो रुपमा परेकाले त्यसलाई सामना गर्न सरकारले सुझवुझ तरिकाले बजेट ल्याएको देखिन्छ,’ उनले भने, ‘तर त्यसका लागि आवश्यक आर्थिक स्रोतहरुमा धेरैनै संकुचन आएका कार्यान्वयनमा लैजान भने ज्यादै नै कठिन देखिन्छ ।’

यसैगरी देशमा विदेशी मुद्राको प्रमुख स्रोतमध्ये पर्यटन भित्र्याउनका लागि उच्च प्राथमिकता दिएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले निजीक्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । साथै बजेटमार्फतनै सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशकका रूपमा मनाइने हुँदा त्यसले विदेशी पर्यटन भित्र्याउन थप सहज हुने उनको तर्क छ ।

footwear zone

साथै कोभिड पश्चात देशमा आन्तरिक पर्यटकको चाप बढेको अवस्थामा नेपाल घुमौं, नेपाल चिनौं’ अभियानले पर्यटन प्रपद्र्धनमा थप सहयोग पुग्ने बताए । पछिल्लो समय पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्र द्वूत गतिमा अघि बढेको अवस्थामा सरकारले समेत पर्यटनको नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधार विकास २ अर्ब १३ करोड विनियोजन गरेर थप हौसला प्रादन गरेको बताए । साथै बजेटमार्फत आएको विमानस्थल स्तरोन्नति तथा हवाई यातायातलाई सहज र सुलभ बनाइने व्यवस्थाले पर्यटन प्रवद्र्धनलाई थप सहयोग गर्ने बताए ।

यस्तै नयाँ कम्पनी खोल्न र पुँजी वृद्धि गर्न शुल्क नलाग्ने र अनलाइन बाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने व्यवस्थाले अबका दिनमा नयाँ उद्योग स्थापनालाई प्रोत्साहन मिल्ने उनको तर्क छ । साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट अगाडि बढाइएका मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रोत्साहन गर्दा त्यसले आगामी दिनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनको भनाई छ ।

साथै गैर आवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासको प्राथमिकताका परिचालन गरिँदा त्यसले देशलाई नयाँ औद्योगित क्रान्तिमा लैजान सहयोग पुग्ने जानकारी दिए । साथै बजेटले लगानीको वातावरण सुधार गर्न मुलुकको कन्ट्री क्रेडिट रेटिङ गर्ने प्रक्रिया अगाडि व्यवस्थालाई समेटेको भन्दै आगामी दिनमा निजी क्षेत्रले समेत विदेशी कम्पनीबाट सस्तो ब्याजदरमा कर्जा लिएर उद्योग व्यवसाय विस्तार गर्न सक्ने बताए । यस्तै विदेशी लगानीकर्ताहरूका लागि विदेशी विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ गर्ने संस्था तोकी हेजिङ सेवा उपलब्ध गराइने हुँदा त्यसले आगामी दिनमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए ।

You might also like

Comments are closed.