काठमाडौं । पोखराकी वरिष्ठ शौन्दर्यविद चिनु गुरुङ उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट पुरस्कृत भएकी छन् ।
गुरुङलाई गण्डकी प्रदेशमा रहेका महिला उद्यमीहरु मध्यबाट उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरिएको हो ।
मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित एक कार्यक्रमकमा उनलाई पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त हुँदा गौरव महसुस भएको गुरुङले बताइन् । महिला उद्यमी गुरुङ बिगत ३० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय छन् ।




Comments are closed.