बिहीबार पनि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम

काठमाडौं ।  बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला१ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँ बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपियाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.