काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको छ । रिलायन्स ग्रुपले सो स्कुटर नेपाली बजारमा भित्र्याएको हो । ग्रुपले ऋषि ट्रेड सेन्टरको सहकार्यमा सो स्कुटर भित्र्याएको हो ।
सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको नयाँ स्कुटर एई ८ नेपाली बजारमा भित्रिएको हो । बिहीबार एक कार्यक्रमकाबीच सो स्कुटर सार्वजनिक गरिएको छ ।
जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ ।

सो स्कुटरमा ५ किलोवाटको मोटर छ भने यसको पिक पावर २।५ किलोवाट र पिक टर्क २१८ एनएम छ । सो स्कुटर २.६ सेकेन्डमै ० देखि ५० किलोमिटर सम्मको गति लिन सक्छ र टप स्पिड १०० किलोमिटर भन्दा बढी छ ।
स्कुटरमा ड्युअल ब्याट्री सिस्टम छ । प्रत्येक ब्याट्री ६९ भोल्ट ३२ एएच क्षमताका छन् । ब्याट्रीलाई चार घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा १२० देखि १४० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ ।
स्कुटरमा ट्युबलेस टायर, ब्रेम्बो क्यालिपरको ड्युअल डिस्क ब्रेक छ भने स्ट्यान्डर्ड ब्रेकिङ टाइप तथा टेलिस्कोपिक फोर्क सस्पेन्सन र हाइड्रोलिक सक एब्जर्बर छ ।
१४५ एमएमको ग्राउन्ड क्लियरेन्स भएको स्कुटर ब्ल्याक र ह्वाइट गरी दुई कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । काठमाडौंको नक्साल, नारायणचौरस्थित सीएफ मोटो शोरुममा यो स्कुटर टेस्ट राइड गर्न र खरिद गर्न सकिन्छ ।




Comments are closed.