घट्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ हजार ७ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपियाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.