बीवाइडीद्वारा ब्याट्री व्यवस्थापनमा प्रतिबद्धता व्यक्त

काठमाडौं । सरकारले बिद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा बजेट मार्फत ल्याएका कुरालाई बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएको छ ।

नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गने साइमेक्स इंकले समाज र राष्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गदै आएको र आगामी दिनमा पनि त्यही रफ्तारमा काम गर्न प्रतिबद्ध रहेको जनाएको छ । बिद्युतीय साधनको सबैभन्दा चुनौतिपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न निरन्तर आफुहरु लागेको बताएका छन् ।

पावर ब्याकअप गर्ने देखि पूर्ण रुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरेको बिवाइडीले जनाएको छ । हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्ने र  भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने विश्वास बिवाइडीले दिलाएको छ ।  साथै ग्राहकलाई ढुक्क भएर उत्पादनको प्रयोग गर्नपनि बिवाइडीले आग्रह गरेको छ ।

footwear zone

You might also like

Comments are closed.