पोखरा । टिभिएसको बिक्रेता बतास ब्रदर्स प्रा.लिको आयोजनामा बतास ब्रदर्स प्रा.लिको मूख्य कार्यालय नयाँ बजार पोखरामा टिभिएस च्याम्पियन्स एक्सचेन्ज २०८० हुने भएको छ । सो एक्सचेन्ज अफर जेठ २८ गतेदेखि असार १ गतेसम्म संचालन हुनेछ ।
कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर सो समयमा एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ भ्यालु एडिसन हुने, शुन्य ब्याजदरमा फाइनान्सको सुविधा, हरेक वाइकमा ८ हजार रुपैयाँ र स्कुटरमा ७ हजार रुपैयाँ छुट पाइने बतास ब्रदर्स प्रा.लिका प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । ‘एक्सचेन्ज अफरमा हुने बिशेष छुटले ग्राहक लाभान्वित हुने हामीले विश्वास लिएका छौं’ पोखरेलले भने ।

हेलमेट, रेनकोट, बाइक कभर लगायतका एसेसरिज ग्राहकले निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीले बिक्रीपछिको सेवालाई पनि प्राथमिकता दिदै स्पेयर पार्टसहरु सर्वसुलभ रुपमा उपलब्ध गराउँदै आएको छ ।





Comments are closed.