काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकले २५ लाख रुपैयाँ प्रदान गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।

संस्था नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको छ । हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि कुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान गर्ने जनाएको छ ।

सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको कुमारी बैंक लिमिटेडले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

footwear zone

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा भगवान कोइरालाका बीच दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

You might also like

Comments are closed.