काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्वको कार्यक्रम अनुशार बे.कले सो सहयोग गरेको हो ।
सहयोगस्वरुप बैंकले Semi Folding Bed, Normal Wheel Chair, IV Stand हस्तान्तरण गरेको हो । स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँके मा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्रबहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई ति सामान हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।





Comments are closed.