काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ ओटा पोष्ट अपरेशन मोनिटर र भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ ।
शुक्रवार बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेली द्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान प्रदान गरिएको हो । उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगरप्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिको उपस्थितीे थियो ।
यसको बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाइ प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्थीलाई पठनपाठनमा सजिलो होस भन्ने मनसायले प्रोजेक्टर प्रदान गरिएको बताइएको छ ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।




Comments are closed.