इप्पानको निर्वाचनका लागि संस्थापन समूहको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आसन्न निर्वाचनका लागि संस्थापन समूहले उम्मेदवारी घोषणा गरेको छ । अध्यक्षका उम्मेदवार गणेश कार्कीको समूहले सोमबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेको हो ।

उक्त समूहबाट मोहन कुमार डाँगी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बन्नेछन् । उपाध्यक्षमा आशिष गर्ग, भरत बहादुर खत्री, राम प्रसाद आचार्य, आनन्द चौधरी, उत्तम ब्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन् । बलराम खतिवडा महासचिवको उम्मेदवारी घोषणा गर्दा प्रकाशचन्द्र दुलालले उपमहासचिवमा उमेरद्वारी दिनेछन् ।

सचिवमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपालले उम्मेदवारी दिनेछन् भने कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

footwear zone

उम्मेदवारी घोषणाा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार गणेश कार्कीले देशकै सबैभन्दा धेरै लगानी भएको क्षेत्र जलविद्युत रहेको र यो क्षेत्रको लगानी सुरक्षाका लागि आफ्नो नेतृत्वमा काम गर्ने प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.