होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’

काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटर बाईकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनिले होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’ संचालन भइरहेको जनाएको छ ।

आफ्नो पुरानो मोटर बाईकसंग होण्डाको कुनै पनि नयाँ बाईक साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिईरहेको आयोजकको भनाई छ । मेलामा, आफ्नो पुरानो बाईकसंग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार रुपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ । र, साथमा १० हजार रुपैयाँसम्म को आकर्षक ‘स्क्र्याच कुपन’ले पनि धेरै भन्दा धेरै ग्राहक लाभान्वित भईरहेको बताइएको छ ।

यस, होण्डा ूएक्सचेन्ज र फाईनान्स मेलाू मा, सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याज दरमा नयाँ होण्डा खरिद गर्न सकिन्छ। ‘होण्डा फाईनान्स’ मार्फत मात्रै ५९ हजार ९ सय ९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १ प्रतिशत ब्याजदरमा मेला बाट नयाँ होण्डा चढी ग्राहकहरु सन्तुष्ट हुँदै फर्किरहेको, आयोजक स्याकार ट्रेडिङले जनाएको छ ।

footwear zone

जुन १ देखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन हाललाई काठमाडौंका होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सकिने छ भने छिट्टैनै होण्डा ‘एक्सचेन्ज र फाईनान्स मेला’ देशभर लागु हुने कम्पनीले जनाएको छ।

You might also like

Comments are closed.