बिवाइडी एट्टो ३ को नयाँ मूल्य निर्धारण

काठमाडौं ।  साइमेक्स इंक प्रा.लि. नेपालमा बिवाइडी बिद्युतीय सवारीको नयाँ मूल्य निर्धारणको गरेको छ ।  BYD Auto Industry Co. Ltd को नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि. आफ्नो अत्याधिक माग भएको BYD ATTO 3 बिद्युतीय सवारीको नयाँ मूल्यहरु सार्वजनीक गरेको हो ।

आर्थिक बर्ष २०८०/८१ को बजेट अनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गर्ने बाध्यात्मक परिस्थिती आएको बताइएको छ । संशोधित मूल्य निधारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै ग्राहकलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाइएको छ ।

यस घोषणाको मुख्य विशेषताहरु मध्ये एक 49.92 Kwh ब्याट्री प्याकले सुसज्जित BYD ATTO 3 को कम ब्याट्री क्षमताको संस्करणको परिचय दिनु पनि हो र साथै यसको थप उद्देश्य भनेको ग्राहकहरुको विविध आवश्यकता र प्राथमिकताहरु पूरा गर्ने , दिगो गतिशीलता संगै किफायतील क्षमतालाई सन्तुलीत गर्ने विकल्प प्रदान गर्ने हो ।

footwear zone

यस अघि BYD ATTO 3 100kW र 150kW मोटर संस्करणमा उपलब्ध थिए । जसको मूल्य हालैको करको दर परिवर्तन अघि क्रमश ः ६४.९ लाख र ८९.९ लाख रहेको थियो ।
मूल्य निर्धारणमा समायोजन पश्चात अब ग्राहकहरुले निम्न विकल्पहरु छनोट गर्न सक्नेछन :

BYD ATTO 3 100 kW (60.48 kWh Battery Pack) –  रु ६५.८८ लाख
BYD ATTO 3 100 kW (49.92 kWh Battery Pack) – रु. ५५.९९ लाख
BYD ATTO 3 150 kW (60.48 kWh Battery Pack) –रु. ८१.९९ लाख

साइमेक्स इंक प्रा.लि. सदैव दिगोपन, कार्यसम्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिने उच्च गुणस्तरका विद्युतीय सवारी साधनहरु उपलब्ध गराउन समर्पित छ । यो नयाँमूल्यहरु सहित कम्पनीले हरियाली र स्वच्छ भविष्यको लागि सरकारको दृष्टिकोणलाई समर्थन गर्दै नेपाली बजारमा विद्युतीय गतिशीलतालाई थप पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

 

You might also like

Comments are closed.