काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०को वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका सुर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि निर्वाचन समितिले डाँगीको एकल उम्मेदवारी कायम गरेसँगै उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।
इप्पानको संसोधित विधान अनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन् ।
उनको योग्ता नपुगेसँगै निर्वाचन समितिले डाँगीको उम्मेदवारी मात्रै कायम गरेको छ । यो सँगै डाँगी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका छन् भने संसोधित विधान अनुसार त्यसपछि उनी स्वतह अध्यक्ष हुनेछन ।

१५ वर्षदेखि ऊर्जा क्षेत्रमा क्रियशिल डाँगी संगलग्न ३ वटा आयोजनाबाट बिजुली उत्पादन सुरु भइसकेको छ । १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजना, ७.५ मेगावाटको तेह्रथुम पावर, १९.८ मेगावाटको माथिल्लो सोलु खोला गरि ४२। २ मेगावाट विद्युत उत्पादन सुरु भएको छ ।
२ मेगावाटको खोरुङ्गा ताङमाया र ५० मेगावाटको दानाखोला जलविद्युत आयोजना गरि ५४ मेगावाटका दुई आयोजना निर्माणको चरणमा छन् ।
त्यस्तै १५२ मेगावाटको माथिल्लो सानीभेरी जलविद्युत आयोजना र ७२ मेगावाटको पेल्मा खोला जलविद्युत आयोजना गरि २२४ मेगावाटका आयोजना अध्ययनको चरणमा रहेका छन् ।
यी सबै आयोजनाको गरि ३२० मेगावाट बराबरका आयोजनामा डाँगी प्रत्यक्षरुपमा संग्लग्न छन् ।




Comments are closed.