इप्पान उपाध्यक्षमा भरत, उत्तम, राम, आशिष र आनन्द निर्वाचित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिको उपाध्यक्षमा ५ जना सर्वसम्मत निर्वाचित भएका छन् ।

भरतबहादुर खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी निर्वाचित भएका हुन् ।

५ जना उपाध्यक्षमा आवश्यक पर्नेमा ५ जनाको मात्रै उम्मेदवारी कायम भएको छ । अन्य उम्मेदवारको उम्मेदवारी खारेज भएपछि सबै उपाध्यक्ष निर्विरोध भएका हुन् ।

footwear zone

इम्पानको अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी पनि निर्विरोध निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.