घट्यो सुनको मूल्य

 

काठमाडौं । बुधबारको तुलनामा बिहिबार सुनचाँदीको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

You might also like

Comments are closed.