काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।
प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बिच सम्पन्न उक्त सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि द्वारा आयात गरिएको इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्नसक्ने व्यवस्था रहेको बताइएको छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।






Comments are closed.