त्रिपुरेश्वरमा इको इन्फिनिटीको सोरुम विस्तार

काठमाडौं । न्यु ब्राण्डका स्कुटर बिक्री गर्दै आएको इको इन्फिनिटी प्रा.लि ले काठमाडौंको त्रिपुरेश्वरमा सोरुम विस्तार गरेको छ । ६ वर्षको अनुभवसँगै त्रिपुरेश्वरमा नयाँ सोरुम संचालनमा ल्याउको बताइएको छ ।

हाल न्युको पोर्टफोनियोमा ६ सिरिजका NQi, MQi, UQi, NIU Aero, Gova , KQi ब्राण्डहरु उपलब्ध छन् ।

स्कुटर खरिदकर्तालाई सहज वित्तीय सुविधा उपलब्ध गराउने, सते ब्याट्री विकल्पका लागि समाधानको काम गर्ने, स्पेयर्स पार्टको उपलब्धतासँगै बिक्री पछिको सेवा तथा सुविधा उपलब्ध गराउने कुरा प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ ।

footwear zone

इको इन्फिनिटीको मुख्य उद्देश्य शहरी गतिशीलताका लागि ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्नु रहेको र सस्तो मूल्यमा पर्यावरण मैत्री सवारी साधन उपलब्ध गराउँदै आएको बताइएको छ ।

पेट्रोलको मूल्य बढ्दै गइरहेको सन्दर्भमा विद्युतीय स्कुटर तथा सवारी नेपाली बजारमा अझै बढी आवश्यकता महसुस भइरहेको छ । विद्युतीय साधन मन पराउने ग्राहकका लागि न्यु उपयुक्त रहेको कम्पनीको दाबी छ ।

You might also like

Comments are closed.