काठमाडौं । कामना सेवा विकास बैंक र ट्रान्क्युलिटी स्पा बीच आइतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्रयाङ्क्लिटी स्पा का सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज थेरापी तथा सलोन सेवाहरुमा २५% सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पा ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५०% सम्म छुटको समेत व्यवस्था रहेकोे छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।






Comments are closed.