नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति उपसभापतिमा घिमिरे मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति उपसभापतिमा नानीराज घिमिरे मनोनीत भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घिमिरेलाई महासंघको विधान अनुसार उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।

उद्योग समितिको सभापतिमा यस अगाडि नै राजेशकुमार अग्रवाल मनोनीत भइसकेका छन् ।

महासंघको गत निर्वाचनबाट घिमिरे कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए । घिमिरे फुटवयर म्यानुफ्याचरर एशोसिएसन अफ नेपालका अध्यक्ष समेत हुन् ।

footwear zone

उद्योग समितिको उपसभापतिमा मनोनीत गर्ने महासंघप्रति आभार व्यक्त गर्दै घिमिरेले उद्योग क्षेत्रको विकास र प्रवर्द्धनमा आफू सधैं सक्रिय रहने बताए ।

You might also like

Comments are closed.