इप्पानका निवर्तमान अध्यक्ष आचार्यको संयोजकत्वमा सल्लाहकार समिति गठन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यको संयोजकत्वमा सल्लाहाकार समिति गठन गरेको छ ।

संस्थाको विधानमा भएको निवर्तमान अध्यक्ष सल्लाहकार समितिको संयोजक रहने व्यवस्था बमोजिम अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ, ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरू मध्येबाट सल्लाहाकार समिति गठन गरिएको इप्पान अध्यक्ष गणेश कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको २१ सदस्यीय सल्लाहकार समितिमा पूर्व राज्यमन्त्री एवं ऊर्जा उद्यमी उमेश श्रेष्ठ, प्रतिनिधिसभाका सांसद एवं ऊर्जा उद्यमी दीपक खड्का, प्रतिनिधि सभाका सांसाद एवं ऊर्जा उद्यमी एलपी साँवा लिम्बू, इप्पानका पूर्व उपाध्यक्ष कुमार पाण्डे, पूर्व सांसद एवं ऊर्जा उद्यमी डेढराज खड्का, वरिष्ठ ऊर्जा उद्यमीहरू गुरूप्रसाद न्यौपाने, ई. भानु पोखरेल, वीरेन्द्र बहादुर न्यौपाने, बटु लामिछाने र पुष्पज्योति ढुंङ्गानालाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरिएको छ ।

footwear zone

यसैगरी ऊर्जा उद्यमीहरु, केशव बहादुर रायमाझी, अर्जुन प्रसाद गौतम, सुशिल थापा, अनुप आचार्य, धुर्व प्रसाद उप्रेती, जगत पोखरेल, कृष्ण आचार्य, मनोज गोयल, सुनिल केसी, इन्दिरा पन्तलाई पनि इप्पानको सल्लाहकारमा नियुक्त गरिएको छ ।

इप्पान विधानको परिच्छेद ९ को धारा १ अनुसार इप्पानमा २१ सदस्यीय समिति गठन गर्न सक्ने व्यवस्था अनुसार मिति २०८० असाढ १ गते बसेको इप्पान कार्यसमितिको बैठककोले उनिहरूलाई सल्लाहकार नियुक्त गरिएको इप्पानले जानकारी दिएको छ ।

विधानमा भएको व्यवस्था अनुसार सल्लाहाकार समितिका सदस्यहरूले समितिको बैठकमा उपस्थित भई आवश्यक परामर्श दिन सक्नेछन् । सल्लाहाकार समितिको काम कर्तव्य र अधिकार कार्यसमितिले तोकेबमोजिम हुने उल्लेख छ ।

यसै गरी ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका विज्ञहरू रहने एक छुट्टै विज्ञ सल्लाहाकार समिति गठन गर्नेसमेत बैठकले निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.