इप्पानका वरिष्ठ उपाध्यक्ष डाँगीलाई तेह्रथुम सरोकार समाजद्वारा सम्मान तथा बधाई

काठमाडौं । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीलाई तेह्रथुम सरोकार समाजले बधाई ज्ञापन गर्नूृका साथै सम्मान गरेको छ । इप्पानको हालै सम्पन्न निर्वाचनबाट उनि वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् ।

कार्यक्रममा बोल्दै डाँगीले आफु इप्पानको उपाध्यक्ष बन्नुमा तेह्रथुम पावर कमपनीको सफलता रहेको बताए । नेपाललाई समृद्ध बनाउन उर्जा निर्यातको विकल्प नरहेको उनको भनाइ छ । करिव १२ खर्ब रुपैयाँ लगानी रहेको यस क्षेत्रमा २५ खर्ब रुपैयाँसम्म लगानी बढाउने योजना रहेको बताए ।

डाँगी आफ्नो योग्यता र क्षमताका काराण् इप्पानको वरिष्ठ उपाध्यक्ष बनेको समाजका वरिष्ठ उपाध्यक्ष डिल्लीराम ढुंगेलले बताए । डाँगीले आफ्नो जिम्मेवारीलाई सफलताका साथ पुरागर्ने ढुंगेलको भनाई छ ।

footwear zone

समाजका उपाध्यक्ष हरिपति लाल श्रेष्ठ, चिरञ्जिवी खतिवडा, गणेश घिमिरे, महासचिव केशव भट्टराई, उप महासचिव योगेन्द्र कुरुङवाङ लगायतले डाँगीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.