घट्यो नेप्से

काठमाडौं ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अंकले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।

यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह दुई सय ३९ दशमलव ५१, जीवन बीमा ११ दशमलव ९६, उत्पादन तथा प्रशोधन १५ दशमलव ०१ र व्यापार समूह दुइ दशमलव ३६ अंकले बढेको छ ।

footwear zone

सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२ दशमलव ०५ अङ्कको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ नौ दशमलव ९९, वित्त २८ दशमलव ०४, जलविद्युत् ४१ दशमलव ८७, लगानी एक दशमलव २०, लघुवित्त ४० दशमलव ३८, म्युचुअल फन्ड शून्य दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ८३ र अन्य समूह सात दशमलव ३० अंकले घटेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा छ दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.