काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।




Comments are closed.