सिरहाको कसहामा समृद्धि फाईनान्सको शाखा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजतप्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाईनान्स कम्पनी लिमिटेडले बिहीबार सिरहाको धनगढीमाई नगरपालिका ८ कसहा बजारमा शाखा कसहा शाखा संचालनमा ल्याएको छ ।

एक औपचारीक कार्यक्रमकाबीच शाखाको उद्घाटन उक्त कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र सभापतित्व संस्थाका संचालक दुर्गा थापाले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा धनगढीमाई, कसहा बजार समितिका अध्यक्ष, अस्थायी प्रहरी पोष्ट कसहाका प्रमुख, समाजसेवी, बुद्धिजिवि लगायत अन्य व्यक्तित्व उपस्थित थिए ।

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै मेयरले आफ्नो नगरपालिकाको विकाससील बजारको रुपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा यँहाको जनताले दुख र असहज भोग्दै आएकोमा अब बैंकिङ सेवासुविधाको लागी गोलबजार र धनगढी बजार जानुपर्ने दुख बाट मुक्त भएकोमा सम्पूर्ण जनतालाई बधाई दिँदै आफ्नो शाखा विस्तार यहाँ गरिदिएकोमा संस्थालाई सम्पूर्ण नगरवासीको तर्फबाट धन्यवाद व्यक्त गरे । साथै यस ठाउँका जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि वैकिङको दायरमा ल्याई सरल र सहज वैकिङ सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिए ।

footwear zone

सोही कार्यक्रममा धनगढीमाई नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु , कसहा बजार समितिका अध्यक्ष लगायत अन्य व्यवसायीले बोलेका थिए । उनिहरुले अन्य विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई शाखा खोल्न अनुरोध गर्दा समेत बेवास्ता गरिदिनाले अहिलेसम्म यहाँका कृषक, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा अन्य जनताले समेत दुख पाईरहेको गुनासो गर्दै , यहाँको जनताको आर्थिक उन्नतिको लागी आफ्नो शाखा विस्तार गरिदिएकोमा हर्षित हुँदै धन्यवाद प्रकट गर्नु साथै आउँदा दिनमा समृद्धि फाईनान्सलाई व्यापार व्यवसायमा जुनसुकै स्थान र तरिकाले सहयोग गर्न समेत तयार रहेको प्रतिबद्धता जाहेर गर्दै संस्थाको उत्तरोतर प्रगतिको कामना गरे ।
संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा, धनगढीमाई न.पा. वडा नं. ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः भगलु महतो, विजय कुमार महतो र रामभरोस महतो , कसहा बजार समितिका अध्यक्ष धर्मनाथ महत्तो, समाजसेवी तथा वुद्धिजिवी गणपित यादव, राम प्रसाद महत्तो, गंगा यादव, राजकुमार महतो, विष्णु न्यौपाने, विवेक महतो, दिपेन्द्र महतो लगायतको उपस्थिति थियो ।

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल ११ पुगेको छ । संस्थाले भोली सुनसरीको मधुवनमा अर्को एक शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा संचालनमा ल्याई यो आ.व. मा कुल शाखा संख्या १३ वटा पु¥याउने योजना रहेको जनाएको छ । संस्थाको निशुल्क मोबाइल वैकिङ डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, च्त्न्क् लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

You might also like

Comments are closed.