मिस्टर एण्ड मिस नेशन नेपाल २०२३ को उपाधी धिरजकाजि बस्नेत र गजल कर्णलाई

काठमाडौं ।  मिस्टर एण्ड मिस नेशन नेपाल २०२३ को ताज काठमाडौंका धिरजकाजि बस्नेत र जनकपुरकी गजल कर्णले पहिरिएका छन् । आई डु इभेण्टले आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न भूभाग बाट छानिएर आएका १७ जना प्रतिस्प्धीलाई उछिन्दै धिरज काजि बस्नेत र गजल कर्णले मिस्टर एण्ड मिस नेसन नेपाल २०२३ को ताज लगाएका हुन् । विजेताले ताज साथै जनही रु ५० हजार बराबरको पुरस्कार पाएका छन्।

प्रतियोगितामा फस्ट रनरअप मिस्टर त्रिवेनी पराजुली र दर्पण बस्नेत भएका छन् भने सेकेण्ड रनरअपको ताज मिस्टर निर्जल घिमिरे र मारीना ढुंगेलले पहिरिएका छन्। प्रतियोगितामा महत्वका साथ हेरिएको भ्युअर्स चुवेस अवार्ड धिरज काजि बस्नेत र माहि श्रीवास्तवले पाएका छन्।

कार्यक्रमा आई डु इभेन्ट का मानजिङ डिरेक्टर पुरुषोतम मल्लिक, इभेन्ट म्यानेजर ललिता सापकोटा, इभेन्ट कोर्डिनेटर निशिल भट्टराईले गमलामा पानी हाली कार्यक्रमको सुरुवात गरेका थिए। भोटिङ एण्ड टिकेटिङ पार्टनर खल्ति, बेवरेज पार्टनर हिमालयन ब्रेवरी ( हिमालयन बियर), मेडिकल पार्टनर जलान मेडिकल हल, एजुकेसन पार्टनर साएम कलेज, सेन्ट्रल कलेज, मिल्टन इन्टरनेशन कलेज, हस्पिटालिटि पार्टनर सिन्धु बीच रिसोर्ट, मीडिया पार्टनर सूर्य खबर, थेम्स मीडिया, वार्डरोव पार्टनर एल एस डिजाइन, फूड पार्टनर अमीगोज गार्डेन रेष्टुरेन्ट, दि मोक्ष थकाली किचेन, टेलिभिजन पार्टनर काष्ठमण्डप टेलिभिजन , स्किन केयर पार्टनर स्किन आर्ट नेपाल , मेकअप पार्टनर मेकअप दरबार रहेको कार्यक्रममा सपोटेट बाई मा युनी राइड अटो, चिरायु डेन्टल, चस्मा घर, दराज, वाइ डब्लु एफ़ रहेका थिए।

footwear zone

बानेश्वर शंखमुलमा रहेको अनमोल व्याङ्क्युटमा आयोजित मिस्टर एण्ड मिस नेशन नेपाल २०२३ को निर्णायक मण्डलमा म्यान हन्ट नेपाल २०१८ ध्रुव बुढाथोकी, मिस नेपाल इन्टरनेसनल २०२२ नान्सी खड्का, सगरमाथा आरोहण गरेका विश्वको प्रथम प्रहरी अधिकारी पुरुषोतम सानु रहेका थिए। कार्यक्रमको अफिसियल कोरियोग्राफर सुजीत वसियाल रहेका थिए भने असिस्टेन्ट कोरियोग्राफर सन्तोष थापा थिए। कार्यक्रमको सञ्चालन रोहित भट्टले गरेका थिए। एल यस डिजाइन, मुस्कान कार्की, स्यमुयाल लगायत बिभिन्न फेसन डिजइनरले तयार पारेको पहिरणहरुमा सहभागीहरू मञ्चमा उत्रिएका थिए जसको अफिसियल फोटोग्राफी रिसव रोक्का ले गरेका थिए।

मिस्टर एण्ड मिस नेशन प्रतियोगितामा बेस्ट पर्सनालिटी निर्जल घिमिरे र मारिना ढुंगेल, मिस्टर एन्ड मिस कन्फिडेन्ट सुजेन्द्र तामाङ, कनिशा कुमारी, बेस्ट वाल्क मिस्टर त्रिवेनी पराजुली, बिनिता शाही, मिस्टर एन्ड मिस फोटोजेनिक रोहन लाखे, दर्पण बस्नेत, मिस्टर एण्ड मिस ट्यालेन्ट धिरज काजि बस्नेत, बबिना नेपाली र मिस्टर एण्ड मिस पपुलर धिरज काजि बस्नेत, माही श्रीवास्तवलाई उपाधी समेत दिइएको थियो। आयोजकका अनुसार हरेक वर्ष मिस्टर एण्ड मिस नेशन नेपाल सञ्चालन गरेर पुरुष तथा महिलाहरूको आत्मविश्वास, आत्मरक्षा, अभिनय, भाषण कला, व्यक्तित्व विकास सिकाउने लक्ष्य रहेको बताइएको छ ।

You might also like

Comments are closed.