समृद्धि फाइनान्सको मधुवन शाखा शुभारम्भ

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बाह्रौं शाखा सुनसरीको मधुवनमा शुक्रबार शुभारम्भ गरिएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाईनान्सका संस्थापक संचालक सुदीप घिमिरेले संयुक्त रुपमा शाखाको शुभारम्भ गरेका हुन् ।

फाईनान्सको शाखा प्रबन्धक केशब पौडेलले संचालन गरेकोे उक्त कार्यक्रममा संस्थाका संचालक घिमिरको सभापतित्व बराहक्षेत्र नगरपालिकाको मेयर प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मेयर कार्कीले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ कारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ति पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको बताए ।

संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा, समाजसेवी वुद्धिजीवी तथा बराहक्षेत्र नगरपालिका वडा नं. ११का भुतपूर्व वडाध्यक्ष केदार बिष्ट, मधुप्रकाश दूग्ध सहकारीका अध्यक्ष डिल्ली प्रसाद बास्तोला लगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै वैकको उत्तरोक्तर प्रगतिको शुभकामना दिए । अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे ।

footwear zone

उक्त शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल बाह्र वटा पुगेको छ । संस्थाले अर्को हप्ता थप १ नयाँ शाखा उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थामा निशुल्क मोबाइल वैकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ, च्त्न्क् लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

You might also like

Comments are closed.