काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु। ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ ।
यस बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु। ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो । बैंकका बालाजु कार्यालयका प्रबन्धक श्री रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन् ।
बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु। १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रु। १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेका छन् ।





Comments are closed.