काठमाडौं । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सअन्तर्गत (नेटा)को शोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चीनका राजदुत चेन सङ लगायत अन्य व्यक्तिहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङ ले नेपाल तथा चीनको अटुटमैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे । उक्त उद्घाटन समारोहमा सीजी मोटर्स प्रा। लि। का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
राजदुत सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडी को फाइदा धेरै नै रहेको कुरा व्यक्त गरे । नेपालमा ग्रीन इेनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने बताए । साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको विकास गर्ने बताए । सर्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गर्दै सम्बन्धित निकाय को ध्यानाकर्षण गराए ।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरू बिक्री वितरण गर्ने योजन छ । ईभी ट्याक्सी र माईक्रोबसको सफल तरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माईक्रो बसहरु उपलब्ध हुने
पियोर इभी प्लाटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किमीको दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सले जानकारी दिइएको छ । यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । यसका साथै नेटा भी गाडि भित्र प्रदुषण रहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भी मा विश्वको ठुलो ब्याट्रि निर्माण कम्पनी सिएटिएल ब्याट्रीको प्रयोग भएको छ ।

सीजी मोटर्सले नेटा भी का साथै ईभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् । साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र बिद्युतिय माईक्रो बसका लागि सीजी मोटर्स प्रा लि ले अधिकारिक बिक्रेता का रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।




Comments are closed.