बढ्यो सुनचाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं ।  सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footwear zone

तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.