फुटवेयर विजनेस एक्स्पोमा क्यासब्याक अफर, ग्राहक लाभान्वित हुने विश्वास

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपमा संचालन भईरहेको फुटवेयर विजनेस एक्स्पो २०८० मा क्यसाब्याक अफर सार्वजनिक गरिएको छ । एक्स्पोमा जुत्ता चप्पल खरिद गर्दा ग्राहकलाई दुवै हातमा लड्डु भनेजस्तै हुने भएको छ । ‘जुत्ता चप्पल पनि क्यास ब्याक’ पनि स्लोगन सहित असार ११ गते सोमवारदेखि सो अफर लागु भएको बताइएको छ ।

अफर अन्तर्गत हरेक जोर जुत्ता चप्पलको खरिदमा ग्राहकले २ प्रतिशत क्यास ब्याक पाउने एक्स्पोका संयोजक गंगा श्रेष्ठले जानकारी दिए । स्टलबाट जूत्ता खरिद गरेपनि ग्राहकले गेटमा बिल अनुशार हरेक जोर जूत्ता चप्पलको २ प्रतिशत क्यास ब्याक पाउने श्रेष्ठले बताए । ग्राहकहरु लाभान्वित हुने भएकोले सो अफर सार्वजनिक गरिएको बताइएको छ ।

एक्स्पोमा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वल्र्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुन, फुट स्टेप लगायतका ३० भन्दा बढी ब्राण्डका गरेका १ हजार २ सय भन्दा धेरै मोडलका जुत्ता चप्पल रहेका छन् । एक्स्पोमा पुरुष, महिला र बालबालिकाका लागि स्कुल सुज,कलेज सुज, क्याज्युल, पार्टीवेयर, स्पोर्ट सुज लगायतका जुत्ता चप्पल २५० देखि ५००० रुपैयाँ सम्ममा पाइने बताइएको छ ।
आम नेपाली जुत्ता, चप्पलका विषयमा सकारात्मकताको सञ्चार गर्न एक्स्पोले सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवद्र्धन गर्न पनि मद्दत आयोजकको भनाई छ । । गर्मी मौषमलाई लक्षित गरी वृहद र प्रभावकारी रुपमा फुटवेयर बिजनेस एक्स्पो संचालन गरिएको हो ।

footwear zone

उपभोक्ताहरुनै उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा बास्तविक उपभोक्तासंग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासो तथा राय सुझाव संकलन गरी कमी कमजोरीलाई सच्याउदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउने शिखर सुजका संचालक रामकृष्ण प्रसाईंले बताए ।

अस्वस्थ प्रतिस्पर्धा लाई न्युनिकरण गराउदै उद्योगी व्यवसायी बिच एकका लागी सबै र सबैका लागी एक भन्ने भावना महशुस गराई दीगो हार्दिकता सृजना गर्नु मेलाको उदेश्य रहेको रन सुजका संचालक रुद्र न्यौपानेले जानकारी दिए ।

स्वदेशमा उत्पादित जुत्ता चप्पल एउटै छानामुनी उपभोक्ताले एकैपटक अवलोकन तथा खरिद गर्ने अवसर पाउने बोस सुजका जीवन श्रेष्ठले बताए ।  असार १ गतेदेखि संचालन भएको एक्स्पो असार ३१ गतेसम्म संचालन हुने बताइएको छ ।

 

You might also like

Comments are closed.