शिवम् सिमेन्टका कार्यकारी निर्देशकलाई आउटस्टाण्डिङ इन्टरनेशलन लिडरशिप एचिभर्स अवार्ड

काठमाडौं ।  शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुInternational Achievers Conference (IAC) द्वारा आयोजित अवार्ड कार्यक्रममा Outstanding International Leadership Achievers Award-2023 बाट सम्मानित भएका छन् ।

मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत छन् । वितग लामो समयदेखि निरन्तर व्यावसायी क्षेत्रमा सकृय रुपमा लागी परेका तथा कुशल नेत्तृत्वका साथ संस्था संचालनमा अब्बल ब्यक्तित्वको रुपमा पहिचान बनाएका छन् ।

IAC ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ र यस वर्ष दुवईमा १६ औं अवार्ड कार्यक्रम आयोजना गरेको थियो । International Achievers Conference (IAC)   ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपुर्ण योगदान पु¥याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु, सेलिब्रेटी एम्बास्टरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

footwear zone

IAC  ले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने उद्योगहरुको छनौट गरी उद्योगको समग्र क्षेत्रको मुल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

 

 

You might also like

Comments are closed.