काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २ सय रुपैयाले बढेको छ ।
सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.