कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा शुरू

काठमाडौं । संसारका २०० भन्दाबढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज वीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ ओटा शाखाबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तजन तथा इष्टमित्रलाइ जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै पैसा पठाउन सक्ने बताइएको छ ।

साथै, नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ । पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु। ७७ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

footwear zone

यस सम्झौताबारे बोल्ने क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौं, कुवेत वैदेशिक रोजगारीका लागि नेपालीले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीको वसोवास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ ।’

You might also like

Comments are closed.