प्राइम सेरामिक्स प्रालिको ‘प्राइम टाइल्स् विथ स्टाइल’  बजारमा

काठमाडौं । प्राइम सेरामिक्स प्रालिले बिहीवारदेखि आफ्नो उत्पादन ‘प्राइम (टाइल्स् विथ स्टाइल) लाई बजारमा ल्याएको छ । कम्पनीले भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्दै आएको जानकारी दिएको छ ।

कम्पनीले रौतहटस्थित वृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधिद्वारा पूर्णरूपमा स्वचालित उद्योगको स्थापना गरेको छ । हाल वार्षिक १५ अर्ब रुपैँया बराबरको टायल आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको भन्दै उद्योगले खपतको लगभग एक चौथाइ माग पूरा गर्ने बताएको छ ।

साथै उद्योगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातितभन्दा १५ देखि २० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने कम्पनीको भनाइ छ । सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्वारा प्रवद्र्धित प्राइम सेरामिक्स् कम्पनीको कुल लगानी दुई अर्ब रुपैँया रहेको र दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको बताइएको छ ।

footwear zone

You might also like

Comments are closed.