काठमाडौं । अब बिवाइडी एट्टो थ्रि फरेस्ट ग्रीन रंगमा पनि उपलब्ध हुने भएको छ । एक सय युनि उपलब्ध हुने यो गाडीमो मूल्य ६६ लाख ८० हजार रहेको नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ । एक सय किलोबाट मोटर र ६०.४८ किलोबाट ब्याट्रीप्याक सहित सुपेरियर ट्रिममा गाडी उपलब्ध छ ।
यो गाडी रोज्ने ग्राहकले BYD ATTO 3को उत्कृष्ट कार्यसम्पादन र विश्वसनीयताको आनन्द लिन पाउनुका साथै सडकमा आफ्नो व्यक्तित्व र शैली पनि प्रदर्शन गने बिवाइडीले जनाएको छ ।
“हामी नेपाली बजारमा BYD ATTO 3 को सिमित संस्करणमा फरेस्ट ग्रीन पेश गर्न पाउँदा उत्साहित छौं”साइमेक्स इन्क प्रा.लि.का नेशनल सेल्स हेड आशुतोष गौतमले भने, “यो विशेष संस्करणले हाम्रा मूल्यवान ग्राहकहरुलाई अद्वितीय र प्रिमियम प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई प्रतिनिधित्व गर्दछ । यसको मनमोहक रंग, उन्नत सुविधाहरु र असाधारण दायराका साथ, हामी विश्वास गर्छौं कि सिमित संस्करणको BYD ATTO 3 ले अपेक्षाहरु परा गर्नेछ र वास्तवमै उल्लेखनीय ड्राइभिब अनुभव प्रदान गर्नेछ ।”

यस सिमित संस्करणका फरेस्ट ग्रीन १०० इकाइ मध्ये एक आफ्नो नाममा सुरक्षित गर्न चाहने ग्राहकले वेवसाइट मार्फत अथवा आफ्नो नजिकको BYD डिलरसंग सम्पर्क गर्नसक्ने छन् ।




Comments are closed.